जनकपुरधाम : दोस्रो पटक कानून, न्याय तथा संसदीय मामिला मन्त्री भएका लिलानाथ श्रेष्ठले ७७ वटै जिल्लामा निःशुल्क कानूनी सहायता उपलब्ध गराउने घोषणा गरेका छन् ।
शुक्रबार सपथ लिएका मन्त्री श्रेष्ठले पदभार ग्रहण गर्दै सो प्रतिवबद्धता जनाएका हुन् । उनले निःशुल्क कानूनी सहायताका लागि अधिकृत स्तरको अधिवक्ताको व्यवस्थ ागर्ने तर्फ कारबाही अगाडी बढाउने बताए । उनले स्थानीय तहमा रहेको न्यायिक समितिका पदाधिकारी र कर्मचारीको क्षमता अभिबृद्धिको कार्यक्रम पनि सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन् ।
यस्तै स्थानीय तहमा कानून अधिकृतको व्यवस्था गर्ने, मौलिक हक कार्यान्वयन गर्न आवश्यक पर्ने कानूनी व्यवस्थालाई पूर्णता दिने र कोभिड १९ संक्रमणको नियन्त्रण गर्ने कार्यमा आवश्यक सहयोग पुर्याउन निर्देशन दिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिए ।
मन्त्री बनेको श्रेष्ठ सिरहा क्षेत्र नम्वर ३ बाट संघीय साँसदमा निर्वाचित भएका साँसद हुन् । उनी एमाले अध्यक्ष केपीशर्मा ओली निकट छन् । पहाडी समुदायका भएपनि सिरहामा उनको पक्कड मजबुत छ ।