टुडेखोज : मधेसको संस्कार अनुसार विवाह गर्न कम्तिमा एकदिन लाग्छ । तर भारतमा एक जोडीले १७ मिनेटमै विवाह गरे र अहिले सामाजिक सञ्जालमा भएको छ । जताततै चर्चा चलिरहेको छ ।
भारतीय मिडिया आजतकका अनुसार यूपीको शाहजहांपुरमा बिना दाइजोको विवाह १७ मिनेटमै सम्पन्न भयो । कलान क्षेत्र सनाय गाउँका पुष्पेन्द्र दुबेले प्रिती तिवारीसँग पटना देव कली मन्दिरमा विवाह गरेका छन् । विवाहमा पुष्पेन्द्रले न जन्ती लगे, न बाजा, न गाडी । मन्दिरमा १७ पटक परिक्रमा गरेपछि विवाह सम्पन्न भयो ।
विवाहमा बेहुला–बेहुली पक्षले ठूलो भोज गर्ने चलन त्यहाँ पनि छ । तर पुष्पेन्द्रले भोज समेत गरेन । उनी शिक्षण संस्था चलाउँछन् । दहेजमुक्त समाज निर्माण गर्ने उदेश्यले बिना तामझाम विवाह गरेको उनको प्रतिक्रिया छ ।
