टुडेखोज, जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिकाले २० बेडको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना सङ्क्रमितको उपचारका लागि नगरपालिकाले अक्सिजनसहित सम्पूर्ण सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएको हो ।
अस्पताल सञ्चालनका लागि नगरपालिकाले एक एमबिबिएस चिकित्सक, एक स्टाफ नर्स, दुई कार्यालय सहयोगी र एक नगर प्रहरी खटाइएको नगरप्रमुख रामबाबु यादवले बताए । अस्पतालमा १३ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको छ ।