टुडेखोज, काठमाडौं : जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य रेणु यादवले राजेन्द्र महतोलाई संसदीय दलको नेता स्वीकार गर्न नसकिने बताएकी छन् ।
उनले अध्यक्ष महन्थ ठाकुर पक्षले एकलौटी ढंगले गरेको निर्णय मान्य नहुने पनि बताइन् । उनले भनिन्, रिसोर्टमा थुनिएर बहुमतको बलमा दलको नेता बन्नु लोकतान्त्रिक विधि होइन । पार्टीभित्र विधान विपरीत हिँड्नुको औचित्य छैन । त्यो हामीलाई स्वीकार्य हुन सक्दैन ।’
बैठक बोलाएर दलको नेता छान्नुपर्ने उनले बताइन् । बिहीवार नै महन्थ पक्षका बहुमत सांसदले दलको नेतामा महतोलाई चयन गरेको थियो । तर यो निर्णय शुक्रवार मात्र मिडियामा बाहिरियो ।