काठमाडौं : नेपालमा कोभिड–१९ संक्रमणबाट पछिल्लो चौबीस घण्टामा १४५ जनाको मृत्यु पुष्टि भएको छ । हिजो अस्तीको तुलनामा आज मृत्यू हुनेको संख्या घटेको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा सात हजार ३६८ जना संक्रमित थपिएका छन् भने ६ हजार ६४८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले एक लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।