टुडेखोज, जनकपुरधाम : बिरामी बोक्ने एम्बुलेन्स यात्रु ओसार्न थालेको खुलासा भएको छ । निषेधाज्ञाका बेला सार्वजनिक सवारी नचल्दा अत्यधिक भाडा असुलेर एम्बुलेन्सले यात्रु ओसार्ने गरेको खुलासा भएको हो ।
आइतबार जनकपुरको पुलचोकबाट यात्रु ओसार्ने एम्बुलेन्स जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिए । ज १ च १६२५ नम्बरको एम्बुलेन्स चालकसहित नियन्त्रणमा लिएको ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स बटेश्वर गाउँपालिकाको रहेको छ ।
यात्रुसँग १६ हजार ५ सय रूपैयाँ लिएर उनीहरुलाई विराटनगर पुर्याउन जाँदै गर्दा पक्राउ परेको बताइएको छ । ट्राफिकले आवश्यक कारवाहीका लागि एम्बुलेन्स र चालकलाई नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।