टुडेखोज, जनकपुरधाम : कोरोना विरामीका लागि अहिले अक्सिजनको अति आवश्यक छ । तर जताततै अभावै अभाव भइरहेको बेला प्रदेश २ सरकारले जनकपुरको मणिपालमा अक्सिजन प्लान्ट जडान गर्ने तयारी थालेको हो ।
अक्सिजनमा आत्मनिर्भर भई कोरोनाका बिरामीहरूको उपचार व्यवस्थित तरिकाले गर्न मुख्यमन्त्री लालबाबु राउतको निर्देशनमा मणिपालमा अक्सिजन प्लान्ट जडानको तयारी थालिएको छ । अक्सिजन प्लान्ट खरिद गर्न ७ दिने खुला सूचना र इबिडिङ प्रक्रियाबाट बोलपत्र आह्वान भई २० दिनभित्र जडान गरिने बताइएको छ ।
जनकपुरमै अर्को अक्सिजन प्लान्ट पनि एउटा निजी कम्पनीले सञ्चालनमा ल्याउन लागेको छ । २/३ दिनभित्रै सो प्लान्ट सञ्चालनमा आउने बताइएको छ । यो प्लान्ट र प्रदेश सरकारले जडान गर्ने प्लान्ट सञ्चालनमा रहे धनुषा र आसपासका जिल्लामा अक्सिजनको अभाव हुने छैन ।