जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायव निरीक्षक रामरेख राय यादवलाई वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । विभिन्न अपराधमा संलग्न अभियुक्तहरुलाई जोखिम मोलेर पक्राउ गरेकाले उनी उत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश राणाभाटले विज्ञप्ती जारी गरेर प्रहरी नायव निरीक्षक यादव जोखिमपुर्ण एवंम साहसिपुर्ण कार्य गरेकाले उच्च मुल्याङ्कन गर्दै वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको जानकारी दिएका छन् । प्रहरी नायव निरीक्षक यादवले नै हंसपुर नगरपालिका ६ का शम्भु मण्डललाई हत्या गर्ने श्रीमती शुशिला मण्डल, कान्छो भाई सुनिल मण्डल र विनोद कुमार महतोलाई पक्राउ गर्न सफल भएका थिए ।
यस्तै जनकपुरधाम २३ स्थित आँप बगैचामा नगराईन नगरपालिका ६ लग्माका ५३ वर्षीय ऐनुल कवारीको हत्या गरी फालेका जनकपुरधाम ४ का २८ वर्षीय दिपक कुमार यादव, रविन्द्र कुमार ठाकुर, विवेक कुमार यादव समेतलाई पक्राउ पनि प्रहरी नायव निरीक्षक यादवले नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।