टुडेखोज, राजविराज : सप्तरीको बलान–बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइतलाई कोरोना संक्रमण भएको छ । सोमवार उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको र स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
सप्तरीमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । आईतवार मात्रै ५२ जनामा कोरोना पुष्टि भएको थियो । जिल्लाभरमा अहिले ७५० सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७३८ जना होम आइसोलेशनमा बसेर उपचाररत छन् ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सप्तरी जिल्लाभर निषेधाज्ञा जारी छ । यद्दपी संक्रमित बढ्दै गएपछि अस्पतालमा उपचार गर्ने ठाउँको समेत अभाव भएको छ । प्रशासनले सबै स्थानीय तहलाई अक्सिजनसहित आइसोलेशन सेन्टर संचालन गर्न निर्देशन दिएको छ ।