टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठक जेष्ठ ८ र ९ गते बस्ने भएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बैठक बोलाउने सहमती गरेका हुन् ।
देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरुमा विचार–विमर्श गरी निष्कर्षमा पुग्नुपर्ने भएको हुँदा कार्यकारिणी समितिको बैठक राखिएको छ । यसअघि उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षलाई जानकारी नै नगराई बैठक बोलाएको थियो ।
