नवलपरासी : पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटनामा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्धार गरिएका घाइतेलाई चिसापानी अस्पतालमा पठाएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले जानकारी दिए ।
उनका अनुसार काठमाण्डौबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटनामा परेको हो । उद्धार कार्य चलिरहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।