टुडेखोज, जनकपुरधाम : कोरोना महामारीका बेला पनि काठ तस्करी रोखिएको छैन । महोत्तरीमा मंगलवार राति प्रहरीले १० थान सालको गोलीया बरामद गरेको हो ।
बर्दिबास नगरपालिका ८ हात्तिलेटबाट काठ बरामद गरिएको डिभिवन वन कार्यालय महोत्तरीको सशस्त्र वन सुरक्षा शाखा माइस्थानका रेन्जर सन्तोषकुमार यादवले बताए । उनका अनुसार साइकलमा काठ तस्करी गरी लग्दै गर्दा बरामद भयो । तर तस्कर भने फरार भएका छन् ।
सागरनाथ वन विकास परियोजनाको हात्तिलेट युनिटको १० नम्बर पलोटबाट तस्करहरुले कटान काठ लग्दै थियो । काठ बरामद भएपनि पटक पटक तस्कर फरार हुने गरेको छ । यसले वन अधिकारीमाथि प्रश्न खडा भएको छ ।