काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टमा थप २४६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा यतिका संक्रमितले ज्यान गुमाएका हुन् ।
मंगलबार देशभरी १९६ जनाले ज्यान गुमाएका थिए । तर बुधबार मृतकको संख्या बढेको छ । कोरोना संक्रमण दर ८ हजार आसपास सीमित भइरहँदा मृत्यु दर भने अझै पनि दुई सयभन्दा माथि देखिएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ९८९ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।