झापा : कोरोना संक्रमण भएको भन्दै आफ्नै श्रीमतीलाई एक व्यक्तिले बेवारिसे अवस्थामा छाडेका छन् । मेचीनगर १३ स्थित चारआली बजारमा भाडामा बस्दै आएका रिजाल थरका श्रीमानले आफ्नी दुई जिउकी श्रीमतीलाई बेवारिसे बनाएका हुन् ।
कोरोना संक्रमण पुष्टि भएपछि घरबेटीले समेत बस्न नदिएको ती महिलालई श्रीमानले मंगलबार साझ चारआलीस्थित आइतबारे बजारको टहरामा बेवारिसे छाडेर फरार भएका मेचीनगर १३ का वडा अध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए ।
वडाध्यक्ष सिग्देलले आफ्नो जिम्मेवारीमा ती महिलाको उद्धार गरी एम्बुलेन्समा मेचीनगर नगरपालिकाले बनाएको कोभिड आईसुलेसन वार्डमा लगिएको बताए । तर त्यहाँ बिरामीलाई आफेनो मान्छे बिना राख्न नमिल्ने भन्दै वडाध्यक्षलाई फोन मार्फत नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीलगायत कोभिड आईसुलेसन वार्डमा कार्यरत डाक्टरले लिन नमानेपछि अहिले बिरामी भद्रपुर मेची अस्पताल लादैगरेको बताए ।
नगरबासीको स्वास्थ्यपचारमा सहज होस भनेर एमबिबिएस डाक्टर सिहतको आईसुलेसन वार्डमाा नगरभित्र बसोबास गर्ने नागरिकले नै उपचार गर्न नपाएर अन्यत्र नै लैजानुपर्दा आफुलाई दुख लागेको वडाध्यक्ष सिग्देलको भनाई छ ।