कोरोनाः डीएसपी राजकुमार केसीको पनि निधन


टुडेखोज, जनकपुरधाम : नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको पनि कोरोना संक्रमणबाट निधन भएको छ । ४३ वर्षीय उनको प्रहरी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

ईलाका प्रहरी कार्यालय लहानमा समेत बसेका डिएसपी केसी हाल महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार दुई साताअघि कोरोना पुष्टि भएका उनलाई स्वास्थ्य जटिल बनेपछि अस्पताल भर्ना गरिएको थियो ।

काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानी घर भएका डीएसपी केसी ५८ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । उनीप्रति टुडेखोज डटकम परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

प्रकाशित : २०७८ जेष्ठ ६, बिहीबार ०८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ