रूपन्देही : नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि बुधवार राति अज्ञात समूहले गोली प्रहार गरेको छ । उनीसहित भारतीय नागरिक इयाज अक्तर सवार मोटरसाइकलमाथि गोली प्रहार भएको हो ।
नेता पाण्डेलाई दुई गोली र अक्तरलाई १ गोली लागेको प्रहरीले जनाएको छ । तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा गोली प्रहार भएको छ । गोली प्रहार गर्नेहरु भने फरार भएका छन् ।
नेता पाण्डे तौलिहवाका बासिन्दा हुन् । गोली प्रहार लगत्तै दुवैलाई कपिलवस्तुमा उपचार हुन नसकेपछि रूपन्देहीको मेडिकल कलेजमा लगिएको छ । प्रहरीले घटना विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।