‘सामाजिक सञ्जालमा मृतकलाई श्रद्धाञ्जली दिन बन्द गरौं’


टुडेखोज, जनकपुरधाम : कोरोनाभाइरस संक्रमणबाट निधन भएकाहरुलाई सामाजिक सञ्जालमा श्रद्धाञ्जली नदिन महोत्तरीको जलेश्वर अस्पताल विकास समतिका अध्यक्ष सुरेश पाण्डेले सबैसँग अपिल गरेका छन् ।

उनले पटक पटक सामाजिक सञ्जालमा यस्तो अपिल गर्दै आएका हुन् । कोरोनाले मृत्यू भएकाहरुलाई श्रद्धाञ्जली दिँदा दुःख लाग्ने गरेको उनको भनाई छ । उनी भन्छन्, ‘श्रद्धाञ्जली दिँदा डाक्टर, नर्स र अन्य स्टाफहरुको मनोबल गिर्छ । उनीहरु सेवा दिन छाड्न सक्छ ।’

उनले लेखेको स्टाटस जस्ताको त्यस्तै :
डाक्टर, नर्स, फलानाको कोरोनाबाट मृत्यु
श्रद्धाञ्जली दिन बन्द गरौं । मनोबल गिरेको अवस्था, स्टाफहरु सेवा दिन छोडन सक्छ । बाँच्यो भने फेरी पनि जागिर खान्छन् ।
परिस्थिति अनुसार को स्टेटस लेखौं ।

प्रकाशित : २०७८ जेष्ठ ६, बिहीबार ०९:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ