काठमाडाैं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।
निर्वाचन आचारसंहित उल्लंघा गरेकाे भन्दै कांग्रेस संसदीय दलले निर्वाचन आयोगमा आज उजुरी दर्ता गराएको हो । बागमति प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघा गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मत माग्ने वक्तव्य दिएकोमा त्यसको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले घोर भत्सर्ना गरेको समेत उजुरीमा उल्लेख छ ।
‘निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ,’ बैठकको निर्णयसहित उजुरीमा भनिएको छ ।