टुडेखोज, जनकपुरधाम : सवल नेपाल नामक संस्थामा कार्यरत प्रमेश्वर झाले आफ्नो जन्मदिनको अवसरमा दुई विपन्न परिवारलाई चामल सहयोग गरेका छन् ।
राष्ट्रिय एकता अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साह र अभियानी रमिला साहको समन्वयमा झाले दुई परिवारलाई चामल सहयोग गरेका हुन् । उनले राजविराज नगरपालिका ७ की कुमारीदेवी चौधरी र लिलियादेवी चौधरीलाई १५ किलोका दरले चामल सहयोग गरे ।
कोरोना महामारीको चपेटमा परेका छन् गरिब दलितहरु । यस्तो बेलामा थोरै सहयोग पुगोस् भनेर जन्मदिनको अवसरमा दुई विपन्नलाई चामल सहयोग गरेको उनले बताएका छन् ।