टुडेखोज, जनकपुरधाम : भारतीय चक्रवात ‘ताउ–ते’को प्रभावले जनकपुरमा मध्यरातदेखि नै वर्षा जारी छ । बिहीवार विहान पनि वर्षा भएको थियो । दिनभर नै मौसम सफा देखिएन । मध्यरातबाट पुनः वर्षा सुरु भयो ।
जल तथा मौसम विगाले दिएका जानकारी अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही स्थान र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश २ का थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।
चक्रवातको प्रभाव कहिलेसम्म रहने भन्ने विषयमा विज्ञहरु समेत केहि खुलाएका छैन । यद्दपी चक्रवात भारतमा कमजोर बनेको बताइएको छ । चक्रवातले भारतका केहि स्थानमा तहसनहस पारेको छ । कैयां व्यक्ति बेपत्ता छन्, दर्जनौंको ज्यान लिएको छ ।