लहान : सिरहामा पत्रकारकै घरमा डकैती भएको छ । धनगढीमाई नगरपालिका ५ फूलकहाकट्टीका संतोष कुमार साहको घरमा डकैती भएको हो ।
साह पूर्वाञ्चल एक्सप्रेस अनलाइनका संचालक/सम्पादक हुन् । बिहीवार राति ७/८ जनाको समूहमा आएका डाँकाहरुले ४० हजार नगद, मोवाईल, ल्यापटप र गरगहनालागयतका समान लुटेर फरार लगेको पीडित पत्रकार साहले बताए । मोवाइल पनि लुटेर लगेपछि सम्पर्क विहिन बनेको उनको भनाई छ ।
‘डाँकाहरु भागेपछि छिमेकीको मोवाइलबाट प्रहरीलाई फोन गरेको थिए’, उनले टुडेखोजसँग भने, केही बेरमा ईलाका प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय लहानका टोली आएको थियो । तर प्रहरीले अहिलेसम्म केहि पत्ता लगाउन सकेका छैन ।’