काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकारको दाबी राष्ट्रपतिको कार्यालयमा पेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले यसको पुष्टि गरेका हुन् ।
नेकपा एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छु, भनेका छन् । दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो तथा एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेको उनले बताएका छन् ।
जसपाका ३२ साँसद छन् । जसमा अध्यक्ष उपेन्द्र यादव पनि पर्छन् । तर ओली ३२ साँसद आफ्नो पक्षमा रहेको दावी गरेपछि उपेन्द्र यादवलाई पनि जोडेको स्पष्ट बुझ्न सकिन्छ । उपेन्द्र यादव भने काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा उभिएका छन् ।