काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले जसपाका १२ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपति समक्ष आग्रह गरेका छन् ।
पार्टीका ३२ मध्ये १२ जना सांसदको हस्ताक्षर राष्ट्रपति समक्ष पुगेकोमा उनीहरुमाथि कारवाही प्रक्रिया चलेको र पार्टीले आधिकारिक रुपमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेको भन्दै दुवै नेताले ती हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका हुन् ।जसपाले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय नभएको जानकारी समेत उनीहरुले गराएका छन् ।
पार्टी निर्णयविपरित हस्ताक्षर गर्ने सांसदहरुमाथि पार्टीले कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाएकाले १२ जनालाई गणना नगर्न लिखित आग्रह गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।