टुडेखोज, काठमाडौं : जनता समाजावादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक बस्न लागेको छ । शनिबार र आइतबारका लागि तोकिएको बैठक स्थगित नभएको र तोकिएकै समयमा हुने अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
उनका अनुसार बैठक विहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने छ । देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरुमा विचार–विमर्श गरि निष्कर्षमा पुग्न बैठक बस्न लागेको छ ।
बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने सहभागी हुने छैन । ठाकुरले विज्ञप्ती जारी गरेर बैठक स्थगित भएको बताएका थिए । ५१ सदस्यीय कार्यकारिणी समितिमा अध्यक्ष उपेन्द्र यादव पक्षको बहमुत छ ।