धनगढीमाई नगरपालिकामा एकैदिन ५० जनामा कोरोना पुष्टि


टुडेखोज, जनकपुरधाम : सिरहाको धनगढीमाई नगरपालिकामा एकैदिन ५० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १२ जना महिला रहेकी छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिवार सिरहामा ७३ जना संक्रमित भेटिए । जसमध्ये ५० जना धनगढीमाई नगरपालिकाकै छन् । संक्रमितहरु ७ वर्षदेखि ६८ वर्ष उमेर समूहका रहेका छन् । होम आइसोलेशनमै रहेको उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

निर्देशनालयले शनिवार गराएको अपडेट अनुसार सिरहामा ५२९ जना सक्रिय संक्रमित छन् । जसमध्ये ३६ जना मात्र संस्थागत आइसोलेशनमा उपचार गराइरहेका छन् । हालसम्म जिल्लाका ४७ संक्रमितको ज्यान गइसकेको छ ।

प्रकाशित : २०७८ जेष्ठ ८, शनिबार २१:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ