टुडेखोज, काठमाडौं : संसद विघटन गरेपछि अहिले देशभर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोस बढेको छ । शनिवार साँझ देशका अधिकांश शहरमा प्रदर्शन गरियो । कतिपय ठाउँमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्तला नै जलाइयो ।
आज विहान राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीका लागि गोबर उपहार दिने प्रयास गरिएको छ । उपहारमा गोबर पठाउन काठमाडौंको बानेश्वरमा भेला हुने क्रममा एक नेतालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य नवराज त्रिपाठी रहेका छन् ।
भेला भएका विद्यार्थी नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो भितामा टास्दै मुखमा गोबर लगाइदिएका थिए । मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमविरुद्ध प्रतिकात्मक विरोधस्वरुप राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाउने नेविसंघको कार्यक्रम थियो ।
पक्राउ परेका नेता त्रिपाठीलाई रिहा गर्न नेविसंघले माग गरेको छ । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले त्रिपाठीलाई प्रहरीले पक्राउ गरेकोमा भत्र्सना गर्दै तत्काल बिनाशर्त रिहा गर्न माग गरेका हुन् । रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।