जनकपुरधाम : सिरहामा पेस्तोलसहित तीन जना युवकलाई पक्राउ गरेको छ । लहान नगरपालिका १ कृष्णटोलका इन्द्रदेव ठाकुरको घरबाट नगद र सुनचाँदीका गरगहना चोरीका आशंका गरिएका व्यक्तिको घरमा खोज तलाश गर्ने क्रममा पेस्तोल बरामद भएको छ ।
कटुवा पेस्तोल १ थान र ७.६२ एमएम एमएफएस लेखिएको गोली एक थान गरि बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसी) शालिग्राम शर्माले बताए । पक्राउ पर्नेमा लहान नगरपालिका १ मटियर्वाका २५ वर्षिय करण पूर्वे, सोही ठाउँका २२ वर्षिय संजय कुमार महतो र २४ वर्षिय धर्मेन्द्र महतो रहेको प्रवक्ता शर्माले बताए ।
ईन्द्रदेव ठाकुरको घरमा चोरी भएको घटनामा अनुसंधान गर्नेक्रममा पूर्वेको घरमा खोजतलाश गर्दा कटुवा पेस्तोल, गोली समेत बरामद भएपछि तीनै जनालाई पक्राउ गरिएको प्रवक्ता शर्माले बताए । पक्राउ गरिएका तीनै जनालाई ईलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसंधान गरिरहेको उनले बताए ।