टुडेखोज, महोत्तरी : जिल्ला अदालत परिसरबाटै एक थुनुवा आईतवार भागेका छन् । गौशाला नगरपालिका ४ घर भएका १५ वर्षीय थुनुवा कमलेश साह भागेका हुन् । उनको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार लागुऔषध मुद्दामा पक्राउ परेका थिए । म्याद थपका लागि अदालत लगिएको बेला उनी भागेका छन् ।
पिसाब फिर्ने बहानामा शौचालयको पर्खाल नाघेर उनी भागेको बुझिएको छ । गत शुक्रबार मात्रै औरही नगरपालिका ४ स्थित कठुधारचौकमा भारतबाट ल्याएको भारी मात्रामा लागुऔषधसहित पक्राउ परेका थिए ।