टुडेखोज, जनकपुरधाम : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले धनुषा जिल्लाभर निषेधाज्ञाको समयावधि ७ दिन थपेको छ । अब जेठ १७ गतेसम्म निषेधाज्ञा रहनेछ ।
कोरोनाको नयाँ भेरियन्टको संक्रमण दर यथावत रहेपनि मृत्यू दर बढेकाले निषेधाज्ञा कडाई गने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जारी गरेको सूचनामा उल्लेख छ । तरकारी मण्डि र माछा–मासु बजारमा भीडभाड हुन नदिन अनुगमन गरिने निर्णय गरिएको छ ।
तरकारी, फलफूल, दुधडेरी, ग्याँस, खाद्यान्न लगायतका अत्यावश्यक पसलहरु पनि विहान ६ बजेदेखि ९ बजेसम्म खुल्नेछ । अन्य पसलहरु खोलेमा कानून बमोजिम कारबाही हुने चेतावनी दिएको छ । तर यसअघि पनि यस्तो चेतावनी दिएपनि व्यवहारमा लागु भएको देखिएन ।
प्रदेश २ का आठै जिल्लामा अहिले निषेधाज्ञा जारी छ । सर्लाही, महोत्तरी लगायतका जिल्लाले निषेधाज्ञा तेस्रो पटक थप गरिसकेको छ । अन्य जिल्लामा पनि निषेधाज्ञा थप हुने बुझिएको छ ।