काठमाडौं : पछिल्लो नेपालमा २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट १८५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको हो ।
पछिल्लो २४ घण्टामै ७ हजार ४२५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा ७ हजार १३५ जना कोरोनालाई जितेका छन् ।