टुडेखोज, जनकपुरधाम : संसद विघटनविरुद्ध सिरहामा पाँच दल एकजुट भएर दृढतापूर्वक अगाडी बढ्न आह्वान गरेका छन् । नेपाली काँग्रेसका सभापति रामचन्द्र यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष रामकुमार यादव, नेकपा एमाले माधव नेपाल पक्षका अध्यक्ष प्रमोद यादव, जसपा उपेन्द्र यादव पक्षका अशोक यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष श्यामसुन्दर विसीले विज्ञप्ती जारी गरेका हुन् ।
उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोमा प्रतिनिधिसभा विघटन गरी मुलुकमा अन्यौल, राजनीतिक मुठभेड र अराजकता सिर्जना गर्ने असंवैधानिक, स्वेच्छाचारी र प्रतिगामी कदमविरुद्ध एकजुट भई दृढतापूर्वक अगाडि बढ्न आह्वान गर्दछौं ।’ हेर्नुस् विज्ञप्ती :
