टुडेखोज, लहान : सिरहा अस्पतालमा आगो लागेको छ । आज साझ ६ बजे विद्युत सर्ट भएर आगो लागेको हो ।
अस्पतालमाथि आगोको मुस्लो बाहिर देखिएपछि आसपासका मानिसहरु दोडेर आएको थियो । अस्पतालभित्र विरामीहरुबीच भागाभाग भएको थियो । केहि बेरपछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अस्पतालभित्र रहेको विद्युत कनेक्सन विग्रेको छ । केहि बेरमै आगो नियन्त्रणमा आएका कारण थप क्षति नभएको बताइएको छ ।