कोरोनाः मंगलवार थप १४५ जनाको मृत्यू, ६ हजार ७१४ संक्रमित थपिए


काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० पीसीआर र ३२२ एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो ।

गत २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ ।

प्रकाशित : २०७८ जेष्ठ १२, बुधबार १७:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ