जनकपुरधाम : जनकपुरधामस्थित स्वर्गद्वारले शव व्यस्थापनको लागि दाउरा लगायतका समाग्रीको नाममा प्रति शव १४ देखि १७ हजार रुपैयाँ लिने गरेको पाइएको छ ।
समान्य दिनमा बढीमा १० हजार सम्म शुल्क लिने स्वर्गद्वारले कोरोनाको महामारी बढेसँगै व्यवस्थापनको लागि दाउरा,खर, गोईठा, घ्यु लगायतका समाग्रीको लागि प्रति शव १४ देखि १७ हजार सम्म लिने गरेको पाईएको छ । कोरोना कालमा दाउरा लगायतका समाग्री महङगो भएको भन्दै समितिले चर्को मुल्य लिई शव व्यवस्थापन गर्दै आएको छ ।
स्वर्गद्धारीको ठेक्का लिएका जनकपुरका जबाहर शर्माले भने,‘ कोरोना कालमा सबै समाग्री महङगो छ, दाउरा पाईरहेको छैन, गाउँ गाउँ घुमेर दाउराको जोहो गर्नुपर्छ, खर पनि सबै ठाउँमा पाईदैन, फेरि कोरोनाबाट मृत्यु भएको शव व्यवस्थापन गर्नपनि जोखिमपूर्ण काम हुन्छ । त्यसकारण अहिले विगतदेखि अलि बढी रकम लिनुपर्ने बाध्यता छ ।’
मासिक साढे ७ हजारमा स्वर्गद्वारीको ठेक्का लिएको भन्दै उनले भने,‘ समान्य दिनमा हप्तौ सम्म शव आउदैनन, अहिले दैनिक औसत ६ वटा सम्म शव आउने गरेकोले स्टापपनि बढी राख्नुपरेको छ ।’ ज्ञकमाई भन्दा आफुले समाजिक कार्य गरिरहेको दावी गर्दै उनले भने,‘ कमाई भन्दापनि यो रिक्सको काम हो, २४ औ घण्टा यसको रेखदेख गर्नुपर्छ ।’
वेवारिशे तथा अति गरिव विपन्नलाई निःशुल्कमा पनि दाहसंस्कार गर्दै आएको उनले दावी गरे । मृतका परिवारजनले दाउरा लगायतका समाग्री आफै व्यवस्थापन गरेको खण्डमा कुनै शुल्क नलाग्ने उनले बताए ।
मंगलवार मात्रै जनकपुरका–१६ का एक व्यक्तिले स्वर्गद्वारमा बुवाको शव व्यवस्थापन गर्न जादा १५ हजार खर्च भएको बताए । उनले भने,‘ बुवाको उपचारका लागि लाखौ रुपैयाँ अस्पतालमा खर्च गर्यौ । तर पनि बचाउन सकेन, अन्तिममा दाहसस्कार गर्दा पनि चर्को शुल्क तिर्नुपर्यो ।’ कोरोना कालमा एक त आमजनताको कमाई धमाई सबै बन्द छ, घरपरिवारको दैनिक गुजारा गर्नपनि धौधौ छ, लाखौ रुपैयाँ ऋण गरेर उपचार गरायौ । त्यसमा पनि बुवालाई जोगाउन सकेनौ, अन्तिममा दाहसंस्कारपनि चर्को शुल्क तिर्नुपर्दा पीडामा पीडा थपिन जान्छ ।’
कोरोना कालमा शव व्यवस्थापन निःशुल्क वा आफुखुसी दिने व्यवस्था हुनुपर्ने उनले बताए । जनकपुरका समाजसेवी पवन सिंघानियाले चन्दा संकलन गरेर उक्त स्र्वगद्वार निर्माण गरेका छन् ।
तर कोरोना कहरमा आर्थिक समस्यामा रहेका आमजनतासँग चर्को शुल्क लिई व्यवस्थापनको नाममा चर्को मुल्य लिनु दुःखद रहेको सर्वसधारणको भनाई छ । यस सम्बन्धमा पवन सिंघानियासँग मोवाईलमा कुरा गर्दा उनले आफुले फोनमा केहि कुरा गर्न नसक्ने भन्दै फोन काटेका थिए । – जनकपुर टुडे