धर्मेन्द्र पासवान, लहान : कोरोना भाइरस जाँचका लागि एन्टिजेन र पिसिआर दुवै मध्येबाट कुनै परिक्षण नगराउने प्रवृत्तिले सिरहामा कोभिड–१९ जोखिम अझै वढ्नेसक्ने भन्दै सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले चिन्ता व्यक्त गरेका छन् । उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र कोभिड १९ संग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिहरुले कोभिड १९ परिक्षण गराई नतिजा नआउँदासम्म अलग रहन जिल्लावासीसंग आग्रह गरेका हुन् ।
कोरोनाको दोस्रो लहर सुरु भएका बेला लहान नगरपालिका अन्तर्गत उत्तरी क्षेत्रका दलित बस्तीहरुमा पछिल्लो दुई सातादेखि रुघाखोकी र ज्वरो संक्रमणको प्रकोप फैलिएको छ । ज्वरो र रुघाखोकीले थलिए पनि स्वास्थ्यचौकीमा जचाउन जाँदा कोरोना संक्रमण हुन सक्ने त्रासले बिरामीहरू गाउँमै बसिरहेका छन् । यता डिसिसिएमसि संयोजक समेत रहेका प्रजिअ कणेललको पहलमा जिल्ला प्रशासनले कार्यालय सिरहाले जिल्ला अस्पताल सिरहामा ५ बेड सहित आईसियु कक्ष निर्माण, मनिटर सहित २ वटा भेन्टिलेटर जडान गराइ दिएका हुन् । सिरहा अस्पतालमा प्रदेश २ सरकारले थप २ वटा भेन्टिलेटर र अक्सिजन प्लान्ट समेत जडान गरि संचालित छ ।
अस्पतालमा भेन्टिलेटर चलाउने जनशक्तिको अभाव भएकाले तालिम दिएर काममा ल्याउनु पर्ने वाध्यात्मक परिस्थिति देखिन्छ । सिरहा अस्पतालको अक्सिजन प्लान्टबाट रिफिल गर्ने उपकरण खरिदको लागि जिल्ला प्रशासनले आफ्नो बजेटबाट टेन्डर आह्वान गरि खरिद प्रक्रियालाई अगाडि बढाइसकेको प्रजिअ कणेलले टुडेखोजलाई जानकारी गराएका हुन् । लहानस्थित रहेको रामकुमार सारडा उमा प्रसाद मुरारका अस्पतालमा समेत अक्सिजन प्लान्ट जडान पहिले नै भइसकेकोले उक्त अस्पतालमा पनि रिफिल गर्ने प्लान्टकालागि प्रजिअ कणेलले स्रोत खोजिरहेको र इच्छुक दातालाई सहयोग गर्न प्रजिअ कणेलले आग्रह समेत गरेका छन् ।
सिरहाका १७ स्थानीय तह मध्ये गोलबजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा, लहान, कल्याणपुर नगरपालिका र सखुवाननकारकट्टी, औरही, बरियारपट्टी र लक्ष्मीपुर पतारी गाउँपालिकाले आ-आफ्नै कोभिड-१९ अस्पताल सञ्चालनमा ल्याइ सकेका छन् । लहान नगरपालिकाले भने पशुपति मा वि। मा नै आईसोलेशन सञ्चालन गरेका छन् । प्रजिअ कणेलका अनुसार जिल्लामा सरकारी र निजी गरि जम्म १५ अस्पतालले कोभिड संक्रमितलाई उपचार सेवा दिईरहेकाछ्न । जिल्ला प्रशासन सिरहाको पुरानो भवनलाई कारागारका वन्दी लक्ष्यित व्यवस्थित आईसोलेसन यस अघिनै बनिसकेका छन् ।
कोभिड १९ दोस्रो लहर सुरु भएसंगै सिरहामा एन्टिजेन विधिबाट २७२ र पिसिआर वाट २९९७ जनाको मात्र परिक्षण भएका छन् । जसमध्ये नेगेटिभ रिपोर्ट आएका वाहेक सक्रिय संक्रमित ८६९ रहेका छन् । कोभिड(१९ को संक्रमणबाट जिल्लाभर ३८ पुरुष र १८ महिला गरि ५६ जनाको मृत्यु भैसकेका छन् । कोभिड १९ को पहिलो चरणमा सिरहामा २५ जनाको मृत्यु भएको थियो । हाल सिरहामा दैनिक ६० जनाको औसतमा संक्रमितको संख्या थपिने क्रम देखिएको छ । सिरहामा दोस्रो चरणमा कोभिशिल्ड खोप ४ हजार ४ सय ९३ जनाले मात्र खोप लगाएका छन् । सिरहा अस्पतालमा कोभिड १९ को निशुल्क पिसिआर परीक्षण हुँदै आइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाले बढ्दो संक्रमण न्यूनीकरण गर्न २१ जेष्ठ सम्म जिल्ला भरकालागि निषेधाज्ञा जारि गरेका छन् । सिरहामा अक्सिजन आपूर्तिका लागि क्लस्टर नै वनाई नियमित आपूर्ति ब्यवस्थित गरिँदै आएको छ । कोभीड १९ केस गम्भीर प्रकृतिको बिरामीको लागि डिसिसिएमसीले रेम्डिसिभिर इन्जेक्सनको समेत आपूर्ति मिलाएका छन् । सिरहामा कोरोना संक्रमण्बाट मृत्यु हुनेको नेपाली सेनाले व्यवस्थापन अतिरिक्त निषेधाज्ञा पालना गराउन पनि उत्रेको छ । सशस्त्र प्रहरी सिमा क्षेत्र वाहेकका स्थानमा पनि परिचालित छ। नेपाल प्रहरी जिल्लाभर क्रियाशील छन् । स्वास्थ्यकर्मीहरु अत्यन्त जोखिमकाबीच पनि उपचारमा सक्रियता देखाउँदै आएका छन् । केहि समाजसेवी र संस्थाबाट स्वस्फूर्त रुपमा स्वास्थ्य सामाग्री उपलब्ध गराउने एवम् सिरहा अस्पतालमा बिरामी र कुरुवालाई खाना खुवाउने काम पनि भएकोले प्रजिअ कणेलले सबैलाई धन्यवाद समेत व्यक्त गरे ।
जोखिम बढ्दा पनि भोज र मृत्यु संस्कारमा स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन नगर्ने, जवर्जस्ति हाट बजार लगाउन खोज्ने, कन्ट्याक्ट ट्रेसिङ्ग गरि पिसिआर परिक्षण गराउन नचाहने प्रवृतिले जोखिम झनै वढाउन सक्ने प्रजिअ कणेलले दुखेसो पोखे । प्रजिअ कणेलले भने- गाउँपालिकारनगरपालिकाका प्रमुखरअध्यक्ष,उपाध्यक्ष, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक, वडा अध्यक्ष र वडा सदस्यहरुले यहिले यस्तो विषम परिस्थितिमा क्रियाशिलता देखाउनु अपरिहार्य देखिएका छन् ।’