काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउन सकिने बताएका छन् । सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले स्वास्थ्य संकटकाल लगाउनेबारे तयारी भइरहेको पनि बताए । सरकारले केहीदिन अघि मात्रै स्वास्थ्य संकटकाल ल्याउने गरि नयाँ अध्यादेश ल्याएको थियो । ‘आवश्यकता अनुसार स्वास्थ्य संकटकाल लगाउने व्यवस्था गरिएको छ,’ उनले भने ।
सम्बोधनका क्रममा ओलीले स्वास्थ्य क्षेत्रमा पूर्वाधारहरु विकास गरिएको दाबी गरेका छन् । अस्पतालमा अक्सिजन प्लान्ट स्थापनका लागि उल्लेख्य रकम पुर्याइएको उनको भनाई छ ।
यस्तै, खोप उत्पादन कम्पनीले आवश्यक मात्रामा खोप उपलब्ध नगराएकोले खोप लगाउने काम प्रभावित भएको ओलीले बताए । उनले निर्वाचनमा सबै दललाई सहभागीका लागि पनि अपिल गरेका छन् ।