जनकपुरधाम : कोरोना विरामीको उपचारमा आवश्यक पर्ने भेन्टिलेटर प्रदेश २ मा पनि पठाउन मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले माग गरेका छन् ।
भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको तस्विर ट्वीटरमा बेलायती राजदूत निकोला पोलिटले राखेकी थिइन् । उनको पोष्टलाई राखेर मुख्य न्यायधिवक्ता झाले ट्वीट गरेका छन्, ‘केही थान भेन्टिलेटर यता नी पठाउनु पर्यो । नयाँ कोभिड अस्पताल लगायतका ठाउँमा जडान गर्नुपर्ने छ ।’
उनले थपेका छन्, ‘अक्सिजन कन्सनट्रेटर त चाही हाल्यो । भेन्टिलेटर चलाउने प्राविधिकको कमी छ । सामग्री काठमाडौंमा सिंह दरबार वरिपरिलाई मात्र हुन भएन । समयमै प्रदेश र स्थानीय तहसम्म आवश्यक ठाउँमा पठाउनु पर्यो ।’
बेलायती राजदुत पोलिटले २६० थान भेन्टिलेटर १३० सिपाप र १३० बिपाप, १९ हजार २ सय आई प्रोटेक्टर स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीलाई शुक्रवार हस्तान्तरण गरेकी थिइन् ।
