जनकपुरको ऐतिहासिक मन्दिरबाट चाँदीका नाग र रुपैयाँ चोरी


टुडेखोज, जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका १२ मा पर्ने कुपेश्वरनाथ महादेव मन्दिरमा चोरी भएको छ । मुख्य गेटमा लागेको ताला फोडेर शुक्रवार राति चोरहरुले मन्दिरमा चोरी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र कुमार मिश्रका अनुसार मन्दिरमा रहेको शिवलिंगबाट चाँदीको नाग र दान पेटिकामा रहेको रुपैया चोरी भएको छ । राति पानी परिरहेको समयमा चोरी भएको र अनुसन्धान सुरु गरिएको उनले बताए ।

चोरी कसले गरेको कुरा खुल्न सकेका छैन । मन्दिरका महन्थले गुठी संस्थानमा उजुरी दिँदै मन्दिरका जग्गामा रहेका घर टहरा हटाउन माग गरेका थिए । त्यसको केहिदिन नबित्दै मन्दिरमा चोरी भएको छ ।

प्रकाशित : २०७८ जेष्ठ १५, शनिबार १०:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ