उपेन्द्रलाई पनि सोधे महन्थले २४ घण्टे स्पष्टिकरण, पार्टीबाट निकाल्ने चेतावनी


काठमाडौं : जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई काउन्टर स्पष्टीकरण सोध्दै २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण नबुझाए दलबाट निष्कासन गर्ने चेतावनी दिएका छन् ।

‘पत्र प्राप्त गरेको म्यादभित्र चित्त बुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएमा राजनीतिक दल सम्बन्धि एने २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरि विद्यान २०७७ बमोजिम निष्कासन समेतको कारबाही हुनेछ’, अध्यक्ष ठाकुरले सोधेको स्पष्टिकरणमा उल्लेख छ ।

उपेन्द्र यादवले सोही व्यहोराको २४ घण्टे स्पष्टीकरण सोधेका थिए । लगत्तै ठाकुरले पनि उपेन्द्र यादवलाई काउन्टर जवाफ दिएका हुन् ।

प्रकाशित : 29 May 2021 3:57 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ