काठमाडौं : सरकारले निषेधाज्ञा अवधिको विद्युत महसुलमा १०० प्रतिशत सम्म छुट दिने भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले अध्यादेशमार्फत ल्याएको बजेट बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युत महसुलमा छुट दिने जानकारी दिएका हुन् ।
अर्थमन्त्री पौडेलका अनुसार निषेधाज्ञा अवधिमा मासिक २० युनिटसम्म खपत गर्नेलाई सतप्रतिशत, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने छ ।
त्यसैगरी निषेधाज्ञा अवधिमा उत्पादन मुलक उद्योग होटल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्क छुट दिने व्यवस्था मिलाउने मन्त्री पौडेलले बताए ।