काठमाडौं : सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको बताएका हुन् ।
उनका अनुसार वृद्धा भत्ता वृद्धिसँगै सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको छ ।सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन गरेको छ ।
सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरुलाई समेत सो योजनामा समेटिने अर्थमन्त्री पौडेलले बताएका छन् ।