काठमाडौं : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट अध्यादेशमार्फत बजेट भाषणका क्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाखलाई रोजगारी दिन १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।
चालु वर्षमा ११ अर्ब ६० करोड रुपैयाँ विनियोज गरिएको थियो ।सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो ।