टुडेखोज, जनकपुरधाम : धनुषाको धनौजी गाउँपालिका वडा नम्वर ५ बोहोर्वा घर भएका एक युवक बेपत्ता भएका छन् । घरबाट जनकपुर हिँडेका २६ वर्षीय रुपेश कापर बेपत्ता भएका हुन् ।
उनी वैशाख १३ गते दिउँसो २ नै घरबाट जनकपुर जाने भनेर हिडेका थिए । तर उनी सम्पर्क विहिन भएपछि खोजतलास गरेपनि कतै नभेटेको आफ्न्तले जनाएको छ । अहिले उनी आफ्न्त उनको खोजी गरिरहेका छन् ।
उनी बेपत्ता भएको कुरा आफ्न्तले प्रहरीलाई अहिलेसम्म जानकारी गराएका छैन । खोजेको र नभेटेपछि आज प्रहरीलाई समेत खोजिदिन आग्रह गर्ने उनका बुवा संजय कापरले जानकारी दिए ।