टुडेखोज, जनकपुरधाम : धनुषाका चार राजनीतिक दलका युवा संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विज्ञप्ती जारी गरेका छन् । उनीहरुले ओली सरकार काम चलाउन हैसियतमा पुगिसकेको भन्दै असहयोग गर्न आह्वान गरेका हुन् ।
धनुषाका तरुण दलका संयोजक संजय कुमार कर्ण, योङ्ग कम्यूनिष्ट लिगका संयोजक सरोज यादव, युवा संघ नेपालका अध्यक्ष शैलेन्द्र कुमार यादव र समाजवादी युवा संघका अध्यक्ष दिपेन्द्र कापरले विज्ञप्ती जारी गरेका छन् । प्रधानमन्त्रीसँगको मिलोमतोमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी नेपाल संविधानमाथि आघात पुर्याएको विज्ञप्तीमा उल्लेख छ ।
जनप्रतिनिधि संस्थालाई विघटन गरी प्रधानमन्त्रीले अत्यन्त गैरजिम्मेवार कार्य गरेको र यसबाट देश र जनताले झन बढी दुःख कष्टको सामना गर्नुपर्ने स्थिति सृजना भएकोमा युवा संगठनहरुले आपत्ति जनाएका छन् ।
