टुडेखोज, सिरहा : मदिरा चोरी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन प्रहरीलाई निलम्बन गरिएको छ । निलम्बन हुनेहरुमा प्रहरी सहायक निरिक्षक नवल किशोर ठाकुर, प्रहरी जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय रहेका छन् ।
जेठ ९ गते लहान नगरपालिका २३ गढिया चोकमा रहेको पूजा मदिरा होटलमा उनी तीनैजना मदिरा चोरेको आरोप लागेपछि निलम्बन गरी अनुसन्धान सुरु गरिएका सिरहाका प्रहरी प्रवक्ता डिएसपी शालिग्राम शर्माले जानकारी दिए । निषेधाज्ञाका बेला भइरहेको होहल्ला शान्त पार्न गएका उनी तिनैजना मदिरा चोरेको आरोप लागेको छ– डिएसपी शर्माले भने ।
मदिरा चोरी गरेको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो । साथै विभिन्न सञ्चारमाध्यममा समाचार समेत आएपछि तीनै प्रहरीलाई निलम्बन गरिएको छ । स्रोतका अनुसार भोड्का मदिरा चोरेको भिडियो नै सार्वजनिक भएका कारण उनी तीनैजनाको जागिर जानेछ ।