टुडेखोज, सर्लाही : कोरोना भाइरसको संक्रमणबाट सर्लाहीमा नेकपा (माओवादी केन्द्र)का नेताको निधन भएको छ । हरिवन नगरपालिका ३ घर भएका अन्दाजी ४२ वर्षीय रामचन्द्र कुशवाहाको आइतबार राति निधन भएको हो ।
काठमाडौंस्थित टिचिङ अस्पतालको भेण्टीलेटरमा उपचारकै क्रममा नेता कुशवाहाको निधन भएको परिवारजनले जनाएको छ । उनी माओवादीका जिल्ला सदस्य र मधेसी मुक्ति मोर्चाका जिल्ला अध्यक्ष थिए ।
कुशवाहाका आमा–बुवा, पत्नी, दुई छोरा र एक छोरी छन् । उनको शव घर ल्याइएर नेपाली सेनाको सहयोगमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर व्यवस्थापन गरिने बुझिएको छ ।