टुडेखोज, जनकपुरधाम : साँसद पद समेत त्यागेर नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका रामचन्द्र मण्डललाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाउने भएका छन् ।
मण्डल प्रदेश २ मा माओवादीका संसदीय दलका नेता थिए । सोही बेला पार्टी एकता भएर नेकपा बनेपछि संसदीय दलका नेतामा सत्यनारायण मण्डल चुनिएका थिए । तर पुनः पार्टी विभाजन भएपछि उनी नेकपा एमालेमै बस्ने निर्णय लिए ।
माओवादी केन्द्रले उनलाई फर्काउन गरेको प्रयास असफल भयो । त्यसपछि उनीसहित एमालेका पुगेका चार साँसदलाई पदमुक्त गर्यो । मण्डललाई नेकपा एमालेले अहिले केन्द्रीय सदस्य बनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मण्डललाई यसअघि प्रभु साहले सम्हाल्दै आएको सहरी विकासमन्त्री बनाउन लागेका हुन् । राजपा सरकारमा सहभागी भएकै दिन मण्डललाई पनि मन्त्री बनाउने कुरा भइरहेको एमालेका एक नेताले जानकारी दिए ।