काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ६,०८५ जना संक्रमित थपिएका छन् । २० हजार १६५ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६,८९८ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमित संख्या १ लाख ४ हजार ७८९ छ ।
कूल संक्रमित संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । कूल मृतक संख्या ७४५४ पुगेको छ । केही दिन ओरालो लागेको संक्रमण पुनः उकालो लागेको छ ।