टुडेखोज, जनकपुरधाम : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानीमा रोकिराखेको ट्याङकरमा ठोक्किएर मोटरसाइकलमा सवार एकजनाको मृत्यू भएको छ भने एकजना घाईते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका ६ हरिपुरका १७ वर्षीय राजेशकुमार यादव रहेका छन् । मोटरसाइकलमै पछाडी सवार १८ वर्षीय इन्द्रजीत सहनी घाईते भएका हुन् ।
धनुषाधाम नगरपालिका ९ धारापानीमा रोकिराखेको ना ४ ख ३४७४ नम्बरको तेल टंयाकरमा ज १ प ३४६३ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।