कञ्चनपुर : जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर ५ मा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । लिचीको दाना अड्किएर छ महिने बालक वीरेन्द्र चन्दको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले खेल्दाखेल्दै लिचीको दाना खाँदा अड्किएर अस्पताल लगिएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।